ताजा समाचार

असाेज १९ गते २०७६

खसीको स्वादिष्ट मासु पकाउने सजिलो तरिका (विधिसहित)

हामी दशैंको माहोलमा छौं । तपाईको घरमा घटस्थपनाको दिन राखेको जमरा टुसा आइसकेको होला । अब अष्टमीको दिन आउँन केही दिनमात्रै बाँकी छ । अष्टमीको दिन नेपालीहरुको घरघरमा खसि, बोका काटिन्छ ।

घरमा नै खसिबोका नकाट्नेहरुको घरमा पनि दशैमा मासु हुन्छ । मासुलाई दशैंको विशेष परिकारको रुपमा लिइन्छ । 

खसीको मासु हरेक जसो नेपाली परिवारको भान्सामा पाक्ने गर्छ। तर केही कुरा, केही कुरा थपेर खसीको मासुलाई थप स्वादिष्ट बनाउन सकिन्छ।

आवश्यक सामग्री : खसीको मासु, टमाटर, लसुन र अदुवा, धनियाँ, सुकेको खुर्सानी
जीरा, गरम मसला, प्याज, नुन, बेसार, तोरीको तेल खुर्सानीको धुलो, तेजपत्ता, सुकमेल लगायतका मसला

विधि : सुरुमा जीरा र धनियाँलाई पिस्ने र त्यसपछि लसुन अदुवा राखेर पिस्ने।
अब त्यो मसलालाई मासुमा राख्ने र राम्रोसंग मोल्ने । त्यसपछि त्यसमा नुन, तेल, बेसार राखेर मोल्ने ।
राम्रोसनग मोलेपछी छोपेर राख्ने । अब एउटा भाँडामा तेल तताउने र तेल तातेपछि प्याज फुराउने ।
प्याज खैरो भएपछी टमाटर राख्ने र केही छिन छोपेर पाक्न दिने । त्यसपछि त्यसलाई सेलाउन दिने र पेस्ट बनाउने ।
अब एउटा भाँडोमा तेल तताउने र तेल तातिसकेपछि तेज्पत्ता, सुकमेल लगायतका मसला फ्राई गर्ने । फ्राई गरेपछि त्यसमा मासु राख्ने र पकाउने ।
अब मासुलाई चलाउने र त्यसमा गरम मसला र प्याज टमाटरको पेस्टलाई राख्ने ।
त्यसपछि त्यसलाई राम्रोसंग चलाउने र छोपेर पकाउने।

अर्को तरिका

–सम्भव भएसम्म घरमै पेलेको तोरीको तेल प्रयोग गनुर्स

–कराईमा तेल राखेर तताउने,

–तेल तालेपछि ल्वाङ, सुकुमेल, दालचिनी, तेजपत्तालाई फुराउनुस् ।

–त्यसपछि प्याज हालेर रातो हुनेगरी भुट्नुस्,

– प्याज रातो भएपछि खसिको मासु राख्नुस्,

–खसिको मासुलाई दुई मिनेटसम्म चलाउँदै भुट्नुस्,

–दुईमिनेटपछि बेसार, नुन राखेर चलाउनुस्,

–नुन र बेसार राखेको मासुलाई २० मिनेटसम्म सानो आगोको तापमा पकाउनुस्,

–समय–समयमा मासुलाई चलाउनुस्,

–मासुलाई अति ठूलो आगोको तापमा थप १५ मिनेट पकाउने,

–३५ मिनेट पछि मसलाहाल्ने र राम्रोसँग चलाउने ( मसला सकेसम्म घरमै पिधेँको प्रयोग गर्ने,

–मसला राखेको ३ मिनेटपछि काटेको टमाटर राख्ने,

–टमाटर पाकीसकेपछि मनतातो पानी मासुमा राख्ने,

–मासुमा मनतातो पानी हालेपछि ५ मिनेट पकाउने,

– अन्तमा काटेको हरियो धनिया राख्ने । त्यसपछि झोल मासु तयार हुन्छ । तपाईले मिठो स्वादमा खान पाउनुहुन्छ ।




Loading...