फेवाताल किनारामा अन्तर्राष्ट्रिय कला प्रदर्शनी

फेवाताल किनारास्थित नगेन आर्ट लाउन्ज बारमा भारत–नेपाल अन्तर्राष्ट्रिय कला प्रदर्शनी शुरु भएको छ ।

यही असोज २८ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा भारतको आगरा, पन्जाब, राजस्थान, चण्डिगढ, दिल्ली लगायतका ११ विदेशी कलाकार र पोखराका नौ कलाकारको संयुक्त प्रदर्शनी गरिएको छ ।

नगेन आर्ट लाउन्ज बारका अध्यक्ष नमा खाँण ठकुरीका अनुसार बिहानदेखि बेलुुकासम्म प्रदर्शनी अबलोकन गर्ने व्यवस्था मिलाइएको छ ।

नेपालीहरूको महान चाड दशैँको अवसर पारी आयोजित प्रदर्शनीमा २० कलाकारका ३३ कलाकृति राखिएका उनले जानकारी दिए ।