ताजा समाचार

असाेज १८ गते २०७६

यस्तो छ राष्ट्रपति भण्डारीको टीका प्रदान गर्ने समय

राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका दिन टीका ग्रहण गर्न इच्छुक व्यक्तिलाई टीका प्रदान गर्ने भएकी छिन् ।

राष्ट्रपतिले सो दिन दिउँसो १ देखि २ बजेसम्म टीका ग्रहण गर्न इच्छुक विशिष्ट व्यक्तित्व तथा दिउँसो २ः३० देखि ३ः३० सम्म अन्य व्यक्तिलाई टीका प्रदान गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।     
     
 टीकाको दिन राष्ट्रपति निवास शीतलनिवासको गेट नं १ को ढोका खुला रहने राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।  गत वर्ष पनि भण्डारीले टीका लगाइदिएकी थिइन् । 


Loading...