नेपालमा ‘अन्तराष्ट्रिय तमू सम्मेलन’ हुने

नेपालमा पहिलो पटक ‘अन्तराष्ट्रिय तमू सम्मेलन’ आयोजना हुने भएको छ । विश्वभरमा छरिएर रहेका तमू समुदायको एकता, अस्तित्व र पहिचान कायम गर्ने उद्देश्यका साथ यही असोज २४ र २५ गते काठमाडौंमा पहिलो पटक सो सम्मेलन आयोजना हुन लागेको  मूल आयोजक समितिका अध्यक्ष रेशम तमूले जानकारी दिए ।

२ दिनसम्म चल्ने सम्मेलनमा विश्वका ४० वटाभन्दा बढी राष्ट्रका तमू प्रतिनिधि सहभागी हुनेछन् । 

सम्मेलनमा आदिवासी जनजाति सम्बन्धि संयुक्त राष्ट्रसंघीय मानव अधिकार आयोगको विश्वव्यापी घोषणा पत्र, तमू समुदायको उत्पत्ति, भाषा र संस्कृतिका विषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ । 

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी  पूर्व राष्ट्रपति डा. रामवरण यादवले सो अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्ने जानकारी पनि गराइएको छ ।