ताजा समाचार

असाेज १७ गते २०७६

भारतका पूर्वप्रधानमन्त्रीद्वारा पाकिस्तानको निम्तो अस्वीकार !

भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंह पाकिस्तान सरकारको निमन्त्रणमा करतारपुर कोरिडोर उद्घाटन कार्यक्रममा भाग लिन नजाने भएका छन् । पञ्जाब प्रान्तका मुख्यमन्त्री क्याप्टेन अमररिन्दर सिंहले सो कुराको जानकारी गराएका हुन् ।

पाकिस्तानले आउँदो महिना करतारपुर कोरिडोरको उद्घाटन कार्यक्रमका लागि भारतका पूर्वप्रधानमन्त्री सिंहलाई निम्तो दिएको थियो ।

पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैसीले सो कार्यक्रमका लागि भारतका पूर्वप्रधानमन्त्री सिंहलाई बोलाउने निर्णय भएको जनाएका थिए ।

सो कोरिडोरको आउँदो नोभेम्बर महिनाको ९ तारेखमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । गएको अगस्ट महिनामा भारतले काश्मीर मामिला सम्बन्धी  संविधानबाट धारा ३७० हटाएपछि दुई देशका सरकारबीच भने तनाव उत्पन्न भइरहेको छ ।

तर, पाकिस्तानले भारतको विपक्षी दल कांग्रेस (आइ)का नेता समेत रहेको पूर्वप्रधानमन्त्री डा सिंहलाई भने निम्तो दिने निर्णय गरेको हो । (बीबीसी)


Loading...