अमेरिकामा गरिएको एक अध्ययनले भारत र पाकिस्तानबीच परमाणु युद्ध भएमा यसबाट खतरनाक नतिजा निस्कन सक्ने चेतावनी दिएको छ ।
यसले विश्वलाई जलवायु परिवर्तनको अप्ठेरो अवस्थामा समेत पुर्याउने सो अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
अध्ययनका सहलेखक रुट्गर्स युनिभर्सिटीका ऐलन रोबोकले दुवै देशबीच परमाणु युद्ध भएमा १२.५ करोड मानिसको मृत्यु हुन सक्ने जनाएका छन् ।
जुन स्थानमा बम खसेको छ त्यहाँ मात्रै होइन विश्वभरी नै त्यसको असर पर्ने समेत अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
साइन्स एडभान्सेज् नामक जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनमा सन् २०२५मा भारत र पाकिस्तानबीच परमाणु युद्ध हुन सक्ने अनुमान गरिएको छ । (बीबीसी)




