ताजा समाचार

असाेज १६ गते २०७६

महरा प्रकरणमा यसरी खनिए बाबुराम भट्टराई

- भने, ‘राम-रावण लडाईमा सीताको बलि कहिलेसम्म ?’

नेकपाका नेता कृष्णबहादुर महराको यौन दुर्व्यवहार काण्डबारे समाजपार्टी पार्टी नेपालका अध्यक्ष डा बाबुराम भट्टराईले मुख खेलेका छन् ।

उनले सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै लेखेका छन् ‘सत्ताशक्तिको धाकमा एउटा पुरूषले परस्त्रीगमन गर्ने ! भेद खुलेपछि ती स्त्रीलाई नै फकएर–धम्काएर युटर्न गराउने र आफ्नो टाउको बचाउने ! परपुरूषगमन गरेबापत अर्को पुरूष–लोग्नेले घरनिकाला गर्ने ! यो राम–रावण द्वन्दमा सीतालाई वली चढाउने चलन कहिलेसम्म ? यही हो महिलामुक्ति–सांस्कृतिक क्रान्ति,कणहरू ?’

हाम्राकुराले नै ब्रेकिङ गरेको समाचारमा पीडित रोशनी शाही (जसलाई हाम्राकुराले पीडितको नाम गोप्य राख्दै स्नेहा भनेर सोमबार असोज १३ गते समाचार बनाएको थियो ।

तर तिनै महिलाले अर्को दिन मंगलबार एक अनलाइनलाई खुलेआम त्यो ब्यक्ति म नै हो भन्दै असली नाम भनेर अघिल्लो दिन दिएको अन्तर्वार्ता झुठो भएको बताएकी थिइन् ।  

त्यसतर्फ केन्द्रीत गर्दै भट्टराईले अघिल्लो दिन सबैकुरा भन्ने अनि अर्को दिन फकाएर–धम्काएर युर्टन गराउने र आफ्नो टाउको बचाउने महराको चरित्रमाथि प्रहार गरेका हुन् । 

त्यतिमात्र होइन भट्टराईले परपुरुषगमन भएपछि रोशनीका पति चित्रजंग शाहीले सम्बन्ध टाढिएको र अलग अलग बस्ने निर्णय गरेको सन्देश सामाजिक संजालमा दिनुलाई पनि अतिवाद भनेका छन् । 

Image

                                 तस्वीर – डा बाबुराम भट्टराईको ट्वीटरबाट ।


Loading...