ताजा समाचार

असाेज १५ गते २०७६

ग्रिन टाउन लायन्सद्धारा चिसाखोला वेद विद्याश्रममा सहयोग

महिलाहरुद्वारा गठित लायन्स क्लव अफ पोखरा ग्रिन टाउनद्वारा पोखरा चिसाखोला वेद विद्याश्रम पोखरा–१८, चिसाखोला आश्रमलाई एक कार्यक्रमका विच १८ हजार बरावरको खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ ।

कार्यक्रममा पढाऔं अभियानका चिफ डिष्ट्रिक्ट ३२५ वि. १ चण्डिप्रसाद अर्यालले संस्कृत भाषा देवभाषा भएकाले यसको संरक्षणमा सबैलाई लाग्न आग्रह गरे । अहिलेको अवस्थामा धर्म संरक्षणमा वेद विद्याश्रमले खेलेको भूमिका अतुलनीय रहेको भन्दै प्रशंसा समेत गरे ।

डिस्ट्रिक्ट एड्भाइजर शम्भुराज बास्तोलाले वेदको ज्ञान सम्पूर्ण व्यक्तिमा हुनु पर्ने भन्दै आँफू र आँफू संलग्न संस्थाबाट आगामी दिनमा अझ सहयोग जुटाउने बचन दिए ।

वेद विद्याश्रमका मानार्थ प्रमुख संरक्षक मोक्षनाथ तिमिल्सिनाले वेद विद्याश्रमको गतिविधि बारे प्रकाश पार्दै दाता संस्था परिवारलाई धन्यवाद दिए ।

९६ वर्षीय अग्निहोत्री वेदगुरु केदारनाथ उपाध्यायले वैदिक मन्त्र उच्चारण गरी सम्पूर्ण दातालाई आशिर्वाद दिएका थिए ।

संस्थाका अध्यक्ष शान्ता बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा रिजन चियर पर्सन शुसिला कोइराला लगायतले बोलेका थिए कार्यक्रममा स्वागत कार्यक्रम संयोजक सीता कटिला र संचालन विन्दा रायाले गरेको विद्याश्रमका सचिव गंगासागर उपाध्यायले जानकारी दिए ।


Loading...