मेगराज केसी नेपाली यू-१९ फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मेघराज केसीलाई यू-१९ फुटबल टोलीको मुख्य प्रशिक्षक चयन गरेको हो ।
बुधबार एन्फाले उनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो । साफ यू-१९ फुटबलमा नेपाली टोलीका मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले प्रशिक्षक पदबाट राजीनामा दिएपछि एन्फाले केसीलाई प्रशिक्षकको जिम्मेवारी दिएको हो ।
केसी थ्री स्टार क्लबका मुख्य प्रशिक्षकसमेत हुन् । उनले नेपाली राष्ट्रिय टोलीको सहायक प्रशिक्षकको रुपमा काम गरिसकेका छन् ।






