ताजा समाचार

असाेज १४ गते २०७६

अहिले प्याजको वास्तविक बजार मूल्य कति ?

पछिल्लो हप्तादेखि प्याजको भाउ अस्वभाविक हिसाबले उकालो लागेको छ । पोखरा बजारमा सामान्य अवस्थामा बढीमा ४० रुपैयाँ किलोसम्म पाइने प्याज अहिले १ सय ४० रुपैयाँसम्म पुगेको छ ।

व्यापारीहरुले भारतबाटै प्याजको भाउ बढेर आएको र अब भारतले निर्यात पनि बन्द गरेको भाउ झनै बढ्ने बताएका छन् । तर साह्रै महँगो भएपछि उपभोक्ताले प्याजको विकल्प खोज्न थालेका छन् ।

पोखराका एक आलु प्याज व्यवसायीले भने, ‘प्याजको भाउ भन्न पनि अफ्ट्यारो भएको छ । लटै पिच्चे भाउ बढेर आएको छ ।’

अहिले प्याजको सरदर होलसेल १ सय १५ रुपैयाँ, खुद्रा मूल्य १ सय २५ रुपैयाँदेखि १ सय ४० रुपैयाँ पर्ने उनले बताए ।


Loading...