आशलाग्दा कप्तान पारस खड्का बाहिरिए

सिंगापुरमा जारी त्रिकोणात्मक टि-ट्वान्टी क्रिकेट अन्तगर्त अहिले नेपालले टेष्ट राष्ट्र जिम्बाब्वेविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।

टस जितेर पहिले बलिङ गरेको नेपालले जिम्बाब्वेले दिएको १६१ रनको लक्ष्य पछ्याइरहेको छ । ५ ओभरको समाप्तिमा नेपालले तीन विकेट गुमाइसकेको छ । नेपालले तेस्रो विकेटको रुपमा कप्तान पारस खड्कालाई गुमाएको हो ।

सिंगापुरस्थित इन्डियन एसोसिसनको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६० रन बनाएको थियो ।

यसअघि पहिलो खेलमा जिम्बाब्वेसँग पाँच विकेटले पराजित भएको नेपाललाई आजको खेलमा जित निकाल्ने योजनामा छ ।