ताजा समाचार

असाेज १४ गते २०७६

आत्मकथाको परिचर्चासँग सरस्वती न्युयोर्कमा सम्मानित

अन्तराष्ट्रिय नेपाली साहित्य समाज न्युयोर्क च्याप्टरले साहित्यकार सरस्वती ज्ञवालीको आत्मकथा ुलाल्टिनको उज्यालोमाुमाथि परिचर्चा गरेको छ ।

न्युयोर्कमा भएको कार्यक्रममा परराष्ट मन्त्री प्रदीप ज्ञवालीले यो कृति आम नेपाली नारीको भोगाईको दस्ताबेज भएको बताए । उनले ज्ञवालीलाई च्याप्टरको तर्फबाट सम्मानसमेत गरे ।

कार्यक्रममा संयुक्त राष्ट संघका लागि नेपाली स्थायी प्रतिनिधी अमृतकुमार राई, साहित्यकार, समालोचक रश्मी भट्ट लगायतले बोलेका थिए । लेखक ज्ञवालीले आफ्ना दम्पति एकै मञ्चमा सम्मानित हुँदा भावुक भएको बताइन् ।

अनेसास न्युयोर्क च्याप्टरका अधक्ष्य राजेन्द्र श्रेष्ठले च्याप्टरले सदैब श्रस्टा र सिर्जनालाई कदर गर्ने गरेको बताए। कार्यक्रम सञ्चालन अनेसास न्युयोर्क च्याप्टरकी उपाध्यक्ष शकुन ज्ञवालीले गरेकी थिइन् ।