सेन विलियम्सको अर्धशतकमा सिंगापुरमा जारी त्रिकोणात्मक टि-ट्वान्टी क्रिकेट अन्तगर्त टेष्ट राष्ट्र जिम्बाब्वेले नेपाललाई १६१ रनको लक्ष्य दिएको छ ।
सिंगापुरस्थित इन्डियन एसोसिसनको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६० रन बनाएको हो ।
जिम्बाब्वेको यो योगफलमा कप्तान विलियम्सले अर्धशतकीय पारी खेले । ३५ बल खेलेका उनले ४ चौका र ३ छक्काको सहयोगमा ५३ रन बनाएका हुन् ।
त्यस्तै पेटर मुरले २१ रन बनाउँदा टिनोटेन्डा मिटोम्बोम्जीले २० रन बनाउन सफल भए । सिंगापुरका लागि रायन बुरीले २८ रन बनाउँदा रिचर्चमोण्ड मुटुम्बामीले १७ रनको योगदान गरे ।
बलिङतर्फ नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई–दुई विकेट लिए । त्यस्तै कप्तान पारस खड्का र अविनास बोहोराले एक-एक विकेट लिए ।
यसअघि पहिलो खेलमा जिम्बाब्वेसँग पाँच विकेटले पराजित भएको नेपाललाई आजको खेलमा जित निकाल्ने योजनामा छ । नेपालले आजको खेलमा जित निकाले फाइनलमा स्थान बनाउँन सहज हुनेछ ।






