जिम्बाब्वेको तेस्रो विकेट पतन, सन्दीपले लिए दोस्रो विकेट

जारी त्रिकोणात्मक टि-ट्वान्टी क्रिकेट अन्तगर्त टेष्ट राष्ट्र जिम्बाब्वेविरुद्ध नेपालले तेस्रो सफलता पाएको छ ।

लगतार विकेट लिइरहेको नेपालले पाँचौं ओभरको अन्तिम बलमा तेस्रो विकेट लिएको हो । सन्दीपले दोस्रो विकेट लिने क्रममा पिटर मुरलाई बोल्ड गरे ।

यसअघि उनले पहिलो विकेटका रुपमा ओपनर ब्रेन चारीलाई आउट गरेका थिए । नेपालका लागि दोस्रो सफलता सोमपाल कामीले दिलाएका हुन् । सोमपालले रेगिस चाकाब्भालाई पवेलियन फर्काएका थिए ।