ताजा समाचार

असाेज १३ गते २०७६

बगैंचा सहकारीको आठौं साधारणसभा

पोखरा महानगरपालिका वडा नंं. ५ प्रस्याङस्थित वगैंचा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ ।

साधारणसभा उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले मुलुकको अर्थतन्त्र माथि उकास्न सहकारीको भूमिका महत्वपूर्ण हुने भन्दै राज्यले पनि सहकारीलाई महत्व दिएको बताए ।

उनले साना साना छरिएर रहेका पुँजी एकीकृत गर्ने र उक्त पुँजीलाई उत्पादनशील क्षेत्रमा लगाउने काम सहकारीले गर्ने भएकाले पनि सहकारी निकै महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा अतिथि रुद्रनाथ पौडेल, संस्थाका सल्लाहकार हिमलाल भुषाल लगायतले पनि सहकारीको महत्वबारे चर्चा गरेका थिए ।

संस्थाका अध्यक्ष भेषराज पोखरेलको अध्यक्षता भएको कार्यक्रममा स्वागत उपाध्यक्ष तारा प्रसाद पोखरेलले स्वागत, सचिव टोलप्रसाद अर्यालले सञ्चालन र लेखासमिति संयोजक पवित्रामाया शर्मा वाग्लेले सहकारी सिद्धान्त वाचन गरेकी थिइन् ।

कार्यक्रममा सर्वोत्कृष्ट नारी वचतकर्ता भगवती दवाडी, उत्कृष्ट वचतकर्ता मिरा अधिकारी, असल वचतकर्ता दमयन्ती वराल, असल वचत कर्ता सरस्वती पराजुली, उत्कृष्ट कारोवारी शालिकराम चापागाई, उत्कृष्ट बाल वचतकर्ता आर्या शर्मा, उत्कृष्ट विद्यार्थी सुजन भट्टराई, वविता भट्टराईलाई सम्मान गरिएको थियो ।

साधारण सभाले अध्यक्ष भेषराज पोखरेलले आगामी वर्षको भावी योजना, कोषाध्यक्ष तीर्थराज न्यौपानेको आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक पवित्रमाया शर्मा वाग्लेको लेखासमितिको प्रतिवेदन पारित गरेको छ ।


Loading...