‘सहकारीको ध्यान उत्पादनमा जानु पर्यो’

गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला (रुपक) ले सहकारीको माध्याबाट उत्पादन बृद्धि गर्नुपर्नेमा जोड दिएका छन् ।

सोमबार पोखरा महानगरपालिका वडा नं. २९ मा रहेको श्रीभण्डार पुशपालन बहुद्देश्यीय सहकारी सस्थाको १८औं बार्षिक साधारण सभामा कोइरालाले बचत तथा ऋणको मात्रै कारोबार गरेर समृद्धि नआउने भन्दै सहकारीलाई उत्पादन मूलक क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

कोइरालाले सहकारीको माध्यमबाट उत्पादन बृद्धि गर्नुपर्नेमा जोड दिए । आफ्नै खेत बारीमा उत्पादन हुने कृषि उपज पनि बारीबाट नभई पारीबाट ल्याउनु परेको भन्दै कोइरालाले उत्पादन हुने चिज किनेर भन्दा पनि उत्पादन गरेर खानु पर्ने बताए ।

कोइरालाले गुणस्तरीय वीउ मलको ब्यबस्था राज्यले गर्नु पर्ने भन्दै किसानलाई उत्पादनको आधारमा अनुदान दिन सके उत्पादनमा बृद्धि हुने बताए ।

कार्यक्रमका प्रमुख अतिथि सभापति कोइरालाले पशुपालन तर्फ बोधराज दवाडी, सूर्य प्रसाद अधिकारी र तरकारीतर्फ ज्योती बस्नेत, नारायण पौडेल र राधा कुमाललाई सम्मान गरिएको थियो ।

कार्यक्रम सहकारीका अध्यक्ष पदमप्रसाद अधिकारीको अध्यक्षतामा भएको थियो ।