ताजा समाचार

असाेज १३ गते २०७६

व्यवसायी द्धन्द्धकालको भन्दा बढी नाजुक अवस्थामा : अधिकारी

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले व्यवसायीहरू अहिले पनि द्धन्द्धकालको स्थिति भन्दा नाजुक अवस्थाबाट गुज्रिरहेको बताएका छन् । अध्यक्ष अधिकारीले व्यवसायीहरू राज्यको कर लगायतका कैयौं आतंकबाट पीडित बनेको उल्लेख गरे ।

कपडा व्यवसायी एशोसिएसन कास्कीद्वारा आयोजित नेपालीकोे महानपर्व बडादशैं, शुभदिपावली, नेपाल सम्वत तथा छठपर्वको पावन अवसरमा शुभकामना आदान प्रदान कार्यक्रममा उनले निजी क्षेत्रको साथ विना मुलुकको विकास र समृद्धि सम्भव नभएको तर्क गर्दै अध्यक्ष अधिकारीले कमजोर तथा भ्रष्ट कर्मचारी प्रशासनले अराजकतालाई प्रसय दिईरहेको बताए ।

कर्मचारी भ्रष्ट भएकै कारण मुलुकमा गतल थिति बसेको उनको तर्क छ । असल र सक्षम नेतृत्वको अभाव र भ्रष्ट कर्मचारीका कारण मुलुकको गौरवका रुपमा रहेका कैयौं उद्योग व्यवसायहरु धारासायी बनेको अध्यक्ष अधिकारीले उल्लेख गरे ।

मुलुकमा लगानीका कैयौं सम्भावना रहेको भए पनि लगानी सुरक्षणको अवस्था नरहेकाले वैदेशिक लगानी भित्रन नसकेको र मुलुक भित्रका व्यवसायीले पनि ढुक्कका साथ लगानी गर्न नसकिरहेको उनले बताए ।

पोखरामा पनि व्यवसाय संचालनका थुप्रै समस्या तथा चुनौती रहेको बताउदै उजले त्यसको समाधानका लागि सम्बन्धित पक्षसंग निरन्तर छलफल तथा समन्वय गरिरहेको उनले बताए ।

कार्यक्रममा सहभागी व्यवसायीले व्यवसायिक एकता र विद्यमान समस्याको समाधानमा सार्थक कदम चाल्न आग्रह गरेका थिए ।

एशोसिएसनका अध्यक्ष विष्णुप्रसाद तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममको संचालन महासचिव धर्ममानसिंह भण्डारीले गरेका थिए ।


Loading...