ताजा समाचार

असाेज १३ गते २०७६

जाल्पारोडमा खुल्यो हाइपरलिंक बेकरी एन्ड क्याफे

पोखरा ८ जाल्पारोडमा ‘हाइपरलिंक बेकरी एन्ड क्याफे’ सुरु भएको छ । घटस्थापनाको अवसर पारी बेकरी थालनी गरिएको हो । प्रदेशसभा सदस्य विन्दुकुमार थापा, ज्येष्ठ नागरिक हीरादेवी सुवेदी र अढाइ वर्षीया समिष्टा सुवेदीले संयुक्त रूपमा बेकरी उद्घाटन गरे ।

प्रदेश सभा सदस्य थापाले स्वदेशमै उत्पादनमूलक क्षेत्रको व्यवसाय सञ्चालन गर्नु राष्ट्रको आत्मनिर्भरताका लागि महत्वपूर्ण भएको बताए । उनले थुप्रै युवा विदेशिएको अवस्थामा स्वदेशमै रोजगारका अवसर सिर्जना गर्ने गरी व्यवसाय थालनी गर्नेहरुलाई राज्यले प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य रामेश्वर अधिकारीले व्यावसायिक क्षेत्रमा निरन्तरको लगाव र व्यवस्थापन महत्वपूर्ण हुने उल्लेख गरे ।

बेकरीका सञ्चालक श्रीराम अधिकारी ‘गोर्जे’को अध्यक्षतामा भएको कार्यक्रममा अर्की सञ्चालक सविता पौडेल (सुवेदी)ले पनि बोलेकी थिइन् । बेकरीले पोखरा उपत्यकाभरि १ हजारभन्दा माथिको अर्डरमा निःशुल्क होम डेलीभरीको सुविधा पनि दिने जनाएको छ ।


Loading...