ताजा समाचार

असाेज १३ गते २०७६

चितवन पोखरा सम्पर्क समाजमा शुभकामना आदानप्रदान

चितवन पोखरा सम्पर्क समाजले विजयादशमी, दीपावली, नेपाल संवत तथा छठ पर्वको अवसरमा समाजका सदस्यहरुको बिचमा शुभकामना आदान ्रदान कार्यक्रम गरेको छ ।

पोखरा ट्रेड मलका संचालक तथा कफ्ले समाज गण्डकी प्रदेशका अध्यक्ष कृष्ण काफ्लेले कार्यक्रम उद्घाटन गरे । उनले चितवन पोखरा सम्पर्क समाजले गरेकोे कार्य प्रशंसनीय भएको उल्लेख गरे ।

कार्यक्रममा साहित्यकार पोषराज पौडेल, जिल्ला ट्राफिक कार्यालय कास्की प्रमुख मुरारी मिश्र, मदिरा व्यवसायी संघका अध्यक्ष रुपनारायण भुजेल, प्रा.डा. सूर्यमणि अधिकारी स्मृति प्रतिष्ठानका अध्यक्ष इन्दिरा अधिकारी कोइराला, फेवा पब्लिकका निर्देशक शेरबहादुर क्षेत्री, संस्थापक अध्यक्ष तथा सल्लाहकार निर्मल सापकोटा र सल्लाहकार श्री देवकुमार श्रेष्ठले बोलेका थिए ।

सहभागीको तर्फबाट ई आनन्दप्रसाद सापकोटा, विष्णु सुवेदी र कार्यसमिति सदस्य रामचन्द्र पहारीले कार्यक्रमको सफलताको शुभकामना दिए ।

समाजका अध्यक्ष शान्ता पुरीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव तारा पराजुली सापकोटा र स्वागत उपाध्यक्ष दिलिप पनेरुले गरेका थए ।


Loading...