छोरेपाटनमा दुर्गा पूजा महोत्सव सुरु

पोखरा १७ छोरेपाटन स्थित दुर्गा मन्दिरमा आइतबारदेखि दुर्गा पूजा महोत्सव सुरु भएको छ । मन्दिर परिसरबाट १ सय ८ घडा, बाजागाजा, भजनकीर्तनसहित निस्केको शोभायात्रा शीतलचौतारी, डेभिडफल, बेलचौतारा हुँदै मन्दिरमै पुगेको थियो ।

शोभायात्रा वडाध्यक्ष तीर्थराज अधिकारीले उद्घाटन गरे । उलने मन्दिरको संरक्षणका लागि वडाले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

दुर्गा मन्दिर व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष खुमबहादुर लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा छोरेपाटन टोल विकास समिति अध्यक्ष चूडामणि बराल, मन्दिर सचिव विजयकुमार शाही, र सहसचिव खेमराज बरालले बोलेका थिए । महोत्सव असोज २० सम्म चल्नेछ । फूलपातीका दिन बाजागाजा, भजनकीर्तनसहित नगर परिक्रमा गरी पूmलपाति भिœयाउने कार्यक्रम रहेको शोभायात्रा परिचालन उपसमिति संयोजक विजयकुमार शाहीले बताए ।

९ दिनसम्म बिहान ७ देखि १० बजेसम्म पण्डित रामप्रसाद नेपालले देवीभागवत् प्रवचन दिने छन् भने साँझ ७ देखि १० बजेसम्म दुर्गा मन्दिर भजनमण्डल समितिद्वारा भजनकीर्तन तथा सांस्कृतिक कार्यक्रम हुने प्रचार संयोजक खेमराज बरालले जानकारी दिए ।