बागलुङका विभिन्न स्थानमा घर, जन्मस्थान भाई अहिले पोखरामा रहेकाहरुले आपसमा चाडपर्वको शुभकामना आदानप्रदान गरेका छन् । बागलुङ समाज पोखराले आइतबार आयोजना गरेको कार्यक्रमका सहभागीले दसैं, तिहार, नेपाल संवत, छठ लगागतका पर्वको शुभकामना साटासाट गरेका हुन् ।
२०५७ सालमा स्थापना भएको समाजले हरेक वर्ष घटस्थापनाका दिन शुभकामना आदानप्रदान समारोह गर्दै आएको छ । कार्यक्रममा समाजका पूर्व अध्यक्ष, सल्लाहकार, कार्यसमिति, आजीवन सदस्य, साधारण सदस्य लगायत सहभागी थिए ।
समाजका अध्यक्ष कुलचन्द्र शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सुनिल पाण्डे, सञ्चालन सचिव डिल्ली शर्माले गरेका थिए । कार्यक्रमको संयोजन सहसचिव भवानी शर्माले गरेका थिए ।






