सुनको मूल्य लगातार ओरालो लाग्दै आएको छ । गत शुक्रबार तोलामा २०० रुपैयाँले घटेको सुनको मूल्य आइतबार थप घटेको छ ।
शुक्रबार तोलामा ७० हजार ८०० मा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार रु ६०० घटेर ७० हजार २०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै तेजावी सुन तोलामा ६९ हजार ९०० मा कारोबार भएको छ ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर ८४५ रुपैयाँ तोकिएको छ । गत शुक्रबार चाँदी प्रतितोला ८६० रुपैयाँमा कारोबार भएको थियो ।





