कुटपिट गरी वृद्धाको हत्या

गुल्मीको कालीगण्डकी गाउँपालिकामा कुटपिट गरी एक वृद्धाको हत्या भएको छ। कालीगण्डकी गाउँपालिका वडा नं ६ खडकोटका ६४ वर्षीय दुर्गादत्त ढकाललाई स्थानीय ४५ वर्षीय टोपबहादुर सार्कीले कुटपिट गर्दा मृत्यु भएको हो ।

उनीहरुको पहिले देखिनै आपसी विवाद रहदै आएकोले यो घटना घटेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले बताए । शवलाई पोष्टमाटमका लागि पाल्पा लैजाने तयारी भइरहेको छ भने सार्कीलाई प्रक्राउ गरी कर्तब्य ज्यान सम्बन्धी मुद्धा दर्ता गर्ने तयारी गरीएको प्रहरीले जनाएको छ ।