पोखरा २१ चिलाउनेखर्कमा रहेको चिलाउनेखर्क सामुदायिक होमस्टेमा नवनिर्मित पर्यटक स्वागत गृह गण्डकी प्रदेश सभाका सदस्य कृष्णबहादुर थापाले उद्घाटन गरेका छन् । उनले त्यहाँको सार्वजनिक शौचालयसमेत सामुदायिक होमस्टे समितिलाई हस्तान्तरण गरे ।
थापाले होमस्टेबाट संस्कृति जोगाउन उल्लेख्य प्रयास भइरहेको बताए । बजारको कोलाहलबाट आनन्द लिन अति सुन्दर ठाउँमा रहेको यो होमस्टेले चाडै प्रगति गर्ने उनको भनाइ छ । पछिल्लो समय प्रदेश पर्यटन मन्त्रालयले पनि होमस्टेलाई विशेष महत्त्व दिएको र प्रदेश सरकारले होमस्टे संचालनमा गर्ने लगानीलाई विशेष पहल गरि चिलाउनेखर्क सामुदायिक होमस्टेलाई योजना पारेको जानकारी दिए । उत्तरमा देखिने हिमाल र दक्षिणमा देखिने खोलाको दृश्य सारै मनमोहक रहेकले हुँदा सबैले अबका दिनमा वडालाइ पर्यटन प्रवर्द्धन संघ जोडनुपर्ने थापाले बताए ।
जिल्ला समन्वय समिति सदस्य सीता विश्वकर्माले पर्यटन मन्त्री रवीन्द्र अधिकारीलाइ सम्झिदै उनले गरेको सहयोग भुल्न नसक्ने बताइन् ।
पोखरा २१ का अध्यक्ष खगराज आचार्यले बाहिरबाट सामान आयात नगरी होमस्टे समितिलाई लोकल उत्पादनसँग जोड्न अनुरोध गरे । उत्तरको प्रकृति, दक्षिणको संस्कृति हेर्न पाइने हुँदा पनि वडा नम्बर २१ लाई पर्यटन हब बनाउनुपर्ने उनको भनाइ छ ।
होमस्टे व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर थापाले यसलाई प्रदेशकै नमुना होमस्टे बनाउन लाग्ने प्रतिवद्धता गरे ।
मगर सामुदायद्वारा संचालित होमस्टेमा मगर समुदायको संस्कृति झल्काउने भेषभुषा, मगर नृत्य, मगर समुदायमा हुने खानाका लोकल परिकार आदि विशेष रहेको चिलाउनेखर्कमा रहेको चिलाउनेखर्क सामुदायिक होमस्टे समितिका सदस्य भाइराज रानाले बताए ।
कार्यक्रमको सञ्चालन होमस्टे संचालन समितिका सदस्य विलास रानाले गरेका थिए ।





