पुम्दी–भुम्दी सहकारीको सभा, अध्यक्षमा यामकुमार

पुम्दी–भुम्दी बचत तथा ऋण सहकारी संस्थाको प्रथम साधारणसभा तथा अधिवेशनले ३ वर्षका लागि यामकुमार बरालको नेतृत्वमा ११ सदस्यीय सञ्चालक समिति सर्वसम्मत चुनेको छ ।

समितिको उपाध्यक्षमा लक्ष्मीप्रसाद बराल, सचिवमा प्रमोद बराल, सहसचिवमा सन्तोष दियाली, कोषाध्यक्षमा अम्बिका बरालका छन् । सदस्यमा सुरज बराल, झमकनाथ देवकोटा, पित्तम देवकोटा, अनिषा बराल, दिनेश बराल र शुशीला ढकाल बराल चयन भए ।

सभामा पोखरा २२ अध्यक्ष मित्रलाल बरालले सहकारीलाई उत्पादन र जीवनशैली उत्थानमा लगाउन आग्रह गरे । सहकारीबाट ऋण घरखर्च गरेर आर्थिक उत्थान नहुने औंल्याउँदै उनले सहकारीको मर्म अनुरुप काम गर्न आग्रह गरे ।

नवनिर्वाचित अध्यक्ष यामकुमारले तदर्थ समितिलाई धन्यवाद दिँदै नयाँ सञ्चालक समितिले सबै सेयर सदस्यको हितमा काम गर्ने प्रतिवद्धता गरे ।

तदर्थ समिति अध्यक्ष शिवराज बरालले सभामा आगामी वर्षका कार्ययोजना र कार्यक्रम र कोषाध्यक्ष अम्बिका बरालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सचिव प्रमोद बराल, शिवराज बराल, मात्रिका बराल,प्रकाश बराल, कुलदेवी बराल, राजु बराल लगायतले बोलेका थिए । पुम्दीभुम्दी सहकारीमा ४ सय ५१ सेयर सदस्य छन् ।