आजको राशिफल (२०७६ आश्विन १२ गते आइतबार)

आजको पञ्चांग
आज मिति २०७६ आश्विन १२ गते आइतबार, इस्वीसंवत सिताम्वर २९ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११३९, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ ।

चान्द्रमान अनुसार आश्विनशुक्लदुर्गापक्ष चलिरहेको छ । सौरमान अनुसार आज आश्विनशुक्लदुर्गापक्षको प्रतिपदा तिथि अहोरात्र रहनेछ । आज हस्ता नक्षत्र रातिमा ९ बजेर ४७ मिनेटसम्म रहनेछ । विष्कुम्भादि योगमा ब्रह्म, करणमा किंस्तुध्न रहनेछ भने आनन्दादि योगमा मानस रहनेछ ।

सूर्य कन्या राशिमा, चन्द्रमा आज कन्या राशिमा रहनेछ । आज दिनमान २९ घटि ४९ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर ५५ मिनेटमा रुद्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ बजेर ५१ मिनेटमा हुनेछ । आज घटस्थापना अर्थात दशैं प्रारम्भ ।

आजको राशिफल
मेष :
मेष राशि भएकाहरूका आज न्यायालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुने हुनाले खुसिले उचाई नाघ्नेछन् भने सत्रु परास्त हुनेछन् । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुनेछ । पुराना ऋण, रोग तथा शत्रुबाट छुट्करा पाईने हुनाले मन प्रशन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेको छ ।

वृष : वृष राशि भएकाहरूका लागि आज पनि समय खराब छ । खोज तथा अनुसन्धानको क्षेत्रमा प्रशस्त समय खर्चिए पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ । घर परिवार, आफन्त तथा आमासँग घरायसी कुरामा विवाद सिर्जना हुन सक्छ ध्यान दिनुहोला । कृषि तथा पशुपालन व्यावसायमा समय लगानी गर्नेहरुका लागि भने समय उत्तम रहेकोछ । तपाईले शुरु गर्नुभएको काममा बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्नेछ । तपाईले बनाएका गोप्य योजनाहरु सार्वजनिक गर्न केही समय पर्खदा राम्रो हुनेछ ।

मिथुन : मिथुन राशि भएकाहरूका लागि आज समय खराब छ । यात्रा गर्दा तथा सवारी चलाउँदा ध्यान दिनुहोला । मनोबल कमजोर हुने हुँदाले काम गर्न जोस जागर हराएर जानेछ । पढाईलेखाई तपाई आफ्नै कारणले बिग्रने हुँदा अरुभन्दा पछि परिनेछ । कामहरु समयमा नसकिने तथा अरुबाट बाधा ब्यावधान हुँने हुँदा मानसिक तनाव बढ्नेछ । माईती चेली बिचको सम्बन्धमा दुरी बढ्न सक्ने देखिन्छ ।

कर्कट : कर्कट राशिका लागि आज पनि समय शुभ छ । व्यापारमा प्रशस्त नाफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा विश्वासको वातावरण अझ बढेर जाने हुँनाले घर परिवारमा खुशियाली छाउनेछ । व्यापार गर्ने शिलशिलामा यात्रा गर्ने अवसर जुर्नेछ भने यात्राका क्रममा बौद्धिक मानिससँग भेटघाट हुँने हुदा मन प्रशन्न रहनेछ । पढाई लेखाईमा सोचेजस्तै प्रगति हुँने हुँदा आफन्त तथा गुरुहरु प्रशन्न हुनेछन् । आज सवारी साधन तथा धन सम्पति हात लाग्ने योग रहेको छ ।

सिंह : सिंह राशि भएकाहरुका लागि आज समय खराब रहेको छ । स्वास्थ्यको सम्बन्धमा भरपर्ने खालको रहने छैन । मानसिक तनाव बढ्ने, कुनै पनि व्यक्तिसग विवाद र अनावश्यक झमेला पर्नसक्ने छ । जताबाट पनि हानी नोक्सानी मात्रैको भएकोले सकेसम्म यात्रा नगर्नु वेश हुनेछ । धन खर्च हुने काममा विचार पुर्याउनुहोला । टाढाको विशेषगरि उत्तर दिशाको यात्रा, आर्थिक लेनदेन आज नगर्नुहोला ।

कन्या : कन्या राशि भएकाहरूका लागि आज समय शुभ छ । पढाई लेखाईमा अन्य दिन भन्दा सुधार भएर जानेछ । राजनीति कर्मिहरुका लागि आजको दिन उत्तम रहेको छ । आफूले माया गर्ने मान्छेलाई आफ्नै वरिपरी देख्न पाउँदा मन प्रशन्न हुनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ । नयाँ काम पाउने तथा नोकरीमा पदोन्नति हुँने समय छ । साथीभाईसँग रमाईलो भेटघाट हुने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ ।

तुला : तुला राशि भएकाहरूका लागि आज समय शुभ छैन । शत्रु स्थानको चन्द्रमाका कारण विश्वासिला आफन्तबाट धोका हुनेछ । मनमा डर त्रास उब्जनेछ । गर्नुपर्ने कर्तव्यमा भन्दा मनस्थिति बाहिर जानेछ । धन एवं कर्तव्यको हानी हुनेछ । अत्यधिक गर्मीका कारण स्वास्थ्यमा समस्या आउन सक्छ । खानपान तथा टाढाको यात्रामा विशेष ख्याल पुर्याउनुपर्ने देखिन्छ । आज आर्थिक लेनदेन गर्दै हुनुहुन्छ भने सोच विचार गर्नुपर्ने दिन रहेको छ ।

वृश्चिक : वृश्चिक राशि भएकाहरूका लागि आज आज पनि समय शुभ छ । आज स्वास्थ्य पनि सवल रहनेछ । अध्ययन तथा अध्यापनमा ध्यान जाने हुँदा अरुलाई उछिन्दै अगाडि बढ्न सकिनेछ । आत्मीय मित्र तथा आफन्तको साथ पाईने हुँदा काम गर्न जागर बढ्नेछ । धर्म कर्ममा ध्यान जानेछ भने धार्मिक अनुष्ठान तथा मन्दिरको यात्रा हुनेछ । सानो प्रयत्नले कामहरु सफल हुँदा मन खुशि हुनेछ । व्यावसायमा लगानी बढाएर भनेजस्तो नाफा कमाउँन सकिनेछ ।

धनु : धनु राशिका लागि आज समय मध्यम खालको छ । आज लाभ हानी दुवैको योग छ । दैनिक कार्यबाट बञ्चित हुनुपर्ने छ । साताको शुरु र अन्त्य लोकापवाद, विश्वासिला आफन्तबाट धोका हुनेछ । मनमा डर त्रास उब्जनेछ । गर्नुपर्ने कर्तव्यमा भन्दा मनस्थिति बाहिर जानेछ । धन एवं समयको नोक्सान हुनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । यात्रा तथा काममा सतर्क हुनुहोला ।

मकर : मकर राशि भएकाहरूका लागि आज समय राम्रो रहने छैन । गर्न खोजेका कार्यमा अवरोध आउनेछ । वायुरोगले सताउनेछ । मनामा अशान्ति हुनेछ । पेट रोगले सताउने, यात्रामा कठिनाई, शोकपर्ने समाचार सुन्नु पर्नेछ । धैर्यगरी आÇनो कार्यमा लग्नुहोला । पेट रोग तथा ग्याष्ट्रिकले सताउन सक्नेछ, खानपानमा पनि विशेष ध्यान दिनुहोला । आज टाढाको यात्रामा नजाँदा राम्रो हुनेछ ।

कुम्भ : कुम्भ राशिका लागि पनि आज दिन तथा समय खराब छ । आज आर्थिक कारोबार नगर्नुहोला । पानीमा डुब्ने योग रहेकोछ विशेष सतर्क रहनुहोला । मनमा ज्यादा निराशाका भावना आउने, कसैको अप्रिय समाचार सुन्दा चित्त दुख्ने जस्ता काम हुनेछन् । कसैप्रति घनिष्ट मित्र पनि नगर्ने, कसैसंग वादविवाद र दुश्मनी बढ्ने काम नगरे ठूलो हानी नोक्सानीबाट जोगाउन सकिनेछ ।

मीन : मीन राशि भएकाहरूका लागि आज पनि समय शुभ छ । व्यापार व्यावासायमा भनेजस्तो आम्दानि गर्न प्रशस्त समय खर्चनु पर्नेछ भने बिदेशमा उत्पादित सामानको व्यावसाय फस्टाएर जानेछ । प्रेममा धोका तथा बिश्वासघात हुँनेछ ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ भने शरिरमा आलस्यता तथा अल्छिपना बढेर जानेछ । अनाबस्यक ठाउँमा श्रम तथा शक्ति खर्च हुँन सक्छ ध्यान दिनुहोला । ध्यान अन्यत्रै मोडिदा पढाई लेखाई कमजोर रहनेछ ।

साइत : आज चन्द्रमा कन्या राशिमा रहेकाले दक्षिण बाहेक अन्य कुनै पनि दिशाको यात्रा गर्नु ठीक छैन । आज आइतबार पश्चिम दिशाको यात्रा गर्नु शुभ मानिंदैन । आज अन्य दिशाको यात्रामा वाध्यतावस जानै परे घरको मूल ढोकामा चोखो जलले भरिएका तामाका भाँडामा २ वटा घडा राखेर पवित्र फूल चढाउनुस् र घर नजिकैको मन्दिरलाई दाहिने पारी परिक्रमा गरेर हिंडेमा यात्रामा द्वोष लाग्ने छैन ।

आजको शुभ लाभादि बेला
बिहान ५ः५५ बजेदेखि ७ः२५ बजेसम्म उद्धेग बेला
बिहान ७ः२५ बजेदेखि ८ः५५ बजेसम्म चर बेला
बिहान ८ः५५ बजेदेखि १०ः२५ बजेसम्म लाभ बेला
बिहान १०ः२५ बजेदेखि ११ः५५ बजेसम्म अमृत बेला
दिउँसो ११ः५५ बजेदेखि १ः२५ बजेसम्म काल बेला
दिउँसो १ः२५ बजेदेखि २ः५५ बजेसम्म शुभ बेला
दिउँसो २ः५५ बजेदेखि ४ः२५ बजेसम्म रोग बेला
दिउँसो ४ः२५ बजेदेखि ५ः५५ बजेसम्म उद्धेग बेला

यसमा रोग भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा ४ः३० देखि ६ः०० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोट : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)