ताजा समाचार

असाेज ११ गते २०७६

सिर्जनशीलको ११ औँ साधारणसभा

सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान, पोखराको ११ औँ वार्षिक साधारणसभा शनिबार भएको छ । साधारणसभामा आफ्ना धारणा राख्दै प्रतिष्ठानका अध्यक्ष डा. भूमिराज बस्ताकोटीले संस्थाले १ वर्षसम्म गरेका मुख्य गतिविधि तथा भावी कार्यक्रमका योजना प्रस्तुत गरेका थिए ।

साधारणसभाले प्रतिष्ठानका सचिव डिल्लीराम पौडेलले प्रस्तुत गरेको सचिवको प्रतिवेदन तथा कोषाध्यक्ष सुलोचना खनालले प्रस्तुत गरेको आर्थिक तथा लेखापरीक्षण प्रतिवेदन पारित गरेको थियो ।

साधारणसभासँगै संस्थाको नियमित कार्यक्रम अन्तर्गत ‘सगुन’ तारा पाखे विशेषांकको परिचर्चा तथा रचना वाचन गरिएको थियो । सगुनको परिचर्चा गर्दै प्रतिष्ठानका उपाध्यक्ष सुरज पौडेलले पाखेको बहुआयामिक व्यक्तित्व झल्किने लेख तथा रचनाहरू समावेश गरिएकामा खुसी लागेको तर सम्पादनमा भने अलि ध्यान पुग्न नसकेको धारणा प्रस्तुत गरेका थिए ।

आफूले क्रोध र करूणाको नीति लिएर अघि बढेको धारणा राख्दै विशेषांकका नायक तारा पाखेले पञ्चायती व्यवस्थादेखि वर्तमानसम्ममा आफूले गरेका सङ्घर्षको अनुभव सुनाएका थिए । कार्यक्रममा डा. जगन्नाथ रेग्मी, डा. भूमिराज बस्ताकोटी, कल्याण पन्त, अम्बिका भट्टराई तथा विद्यावति शर्माले रचना वाचन गरेका थिए भने दसैं, तिहार, छठ तथा नेपाल सम्वत्का अवसरमा शुभकामना आदानप्रदान गरिएको थियो ।

प्रतिष्ठानका अध्यक्ष डा. भूमिराज बस्ताकोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव डिल्लीराम पौडेलले गरेका थिए ।


Loading...