सिंगापुरविरुद्ध नेपाल जित नजिक

सिंगापुरमा जारी त्रिकोणात्मक टी–ट्वेन्टी क्रिकेट सिरिज अन्तर्गत सिंगापुरविरुद्धको जारी खेलमा नेपालका कप्तान पारस खड्काले अर्धशतक पूरा गरेका छन्।

योसंगै नेपाल जित नजिक पुगेको छ । उनले ४२ वलमा८६ रन जोडेका हुन्। उनी अविजित छन्। पारसले २९ बलमा आफ्नो टि२० आई कअरियरको चौथो अर्ध शतक पुरा गरे ।

नेपाल सिंगापुरले दिएको १ सय ५२ रनको लक्ष्य पछ्याइरहेको छ। १३ ओभरमा नेपालले एक विकेटको क्षतिमा १ सय २५ जोडेको छ ।

ओफनर इशान पाण्डे ६ वलमा पाँच रन बनाएर आउट भएका थिए। अहिले कप्तान पारस खड्का र आरिफ सेखले व्याटिङ गरिरहेका छन्।