सिंगापुरविरुद्ध बलिङ गर्दै नेपाल

सिंगापुरमा जारी त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट सिरिजको दोस्रो खेलमा नेपालले केहि बेरमा सिंगापुरविरुद्ध प्रतिस्पर्धा गर्दैछ । इन्डियन एसोसियसनको मैदानमा हुन लागेको खेलमा सिंगापुरले टस जितेको छ र पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । नेपालले सिंगापुरले विरुद्ध केही बेरमा बलिङ थाल्नेछ । 

पहिलो खेलमा जिम्बाब्वेसँग ५ विकेटले पराजित भएको नेपाल आजको खेलमा आयोजक सिंगापुरविरुद्ध जितको अपेक्षामा रहेको छ । 

नेपाल दुई महिनाअघि सिंगापुरमा भएको आईसीसी टि–ट्वान्टी विश्वकप अन्तर्गत एसिया छनोटमा सिंगापुरसँग ८२ रनले पराजित भएको थियो । 

यता आयोजक सिंगापुर नेपाललाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गर्ने योजनामा छ । डबल राउण्ड रोबिनको आधारमा जारी सिरिजको अंक तालिकामा जिम्बावे २ अंक जोडेर शीर्ष स्थानमा छ । 

सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।