ताजा समाचार

असाेज ११ गते २०७६

तरकारी अचाक्ली महँगो, २० दिनमै बढ्यो २८९ प्रतिशत

चाडपर्व नजिकिएसँगै तरकारीको मूल्य अचाक्ली बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार २० दिनमा होलसेल मूल्य नै २८९ प्रतिशतसम्म वृद्धि भएको छ ।

व्यावसायीले वर्षा र भारतमा मूल्य वृद्धि भएका कारण देखाउँदै तरकारीको मूल्य अस्वाभाविक रुपमा बढाएका हुन् । 

समितिका सूचना अधिकारी विनय श्रेष्ठले वर्षाका कारण हरियो सागमा क्षति पुगेर महँगो भएको बताए ।

तर मूल्यवृद्धि हरियो सागमा मात्र  नभएर अधिकांश तरकारीमा भएको छ । भदौ २० गते ४५ रुपैयाँमा बिक्री भएको भेडे खुर्सानीको मूल्य असोज १० मा २८९ प्रतिशतले बढेर होलसेलमै १७५ रुपैँया प्रतिकेजी पुगेको छ ।

बोडी (तने) २२७ प्रतिशतले बढेर ९८ रुपैयाँ पुगेको छ । यस्तै गरेर बजारका सबैजसो तरकारीमा मूल्य अचाक्ली महँगो भएको छ । 

जथाभावी मूल्यवृद्धिले उपभोक्तालाई मर्का परे पनि सरोकारवाला निकायहरुले अनुगमनमा चासो दिएका छैनन् । यो समाचार कान्तिपुर दैनिकमा राजु चौधरीले लेखेका छन् ।


Loading...