त्रिकोणात्मक टी–२० सिरिजमा नेपाल जिम्बोब्वेसँग ५ विकेटले पराजित भएको छ ।
सिंगापुरमा नेपालले दिएको १३३ रनको जिम्बाब्वेले १८.१ ओभरमा ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।
उसले ६४ रन बनाउँदा ५ विकेट गुमाएको थियो । तर रायन बर्ल र रिचमण्ड मुतुम्बामीले जिम्बाब्वेलाई जित दिलाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १३२ रन बनाएको थियो ।




