असाेज १० गते २०७६

ताजा समाचार

असाेज १० गते २०७६

तपाइँको भाग्य कति वर्षमा चम्कन्छ ?



अंक ज्योतिषमार्फत पनि भविष्यको बारेमा निकै कुरा जानकारी लिन सकिन्छ । अंक ज्योतिषको माध्यमबाट कैयौं समस्याको समाधान गर्न सकिन्छ ।

साथै यस्ता कुरा पनि जान्न सकिन्छ कि तपाइको भाग्योदय कुन बर्षदेखि सुरु हुन्छ ? यस्ता कुरा जान्नका लागि तपाईलाई तपाइँको जन्ममिति थाहा हुनुपर्छ । जसको माध्यमबाट तपाइको मूलांक (मुख्य अंक) निकाल्न सकिन्छ ।

कसरी थाहा पाउने मूलांक ?

यदि तपाइँको बर्थ डेट १ देखि ९ को बीचमा छ भने यो तपाइको बर्थ नम्बर हो । यदि तपाइको बर्थ डेट १० देखि ३१ को बीच छ भने यी दुवै नम्बरलाई जोडेर बर्थ नम्बर निकाल्न सक्नु हुन्छ । जस्तै : तपाइको बर्थ डे २३ तारिकमा भएको हो भने तपाइको बर्थ नम्बर २+३=५ हुन्छ । यसैगरि तपाइँले आफ्नो बर्थ नम्बर (मूलांक) निकाल्नु हुनेछ ।

मूलांक अनुसार भाग्य सुरु हुने बर्ष
१. बर्थ नम्बर १ हुनेको भाग्य २२ बर्षदेखि सुरु हुन्छ ।

२. बर्थ नम्बर २ हुनेको भाग्य २४ बर्षदेखि सुरु हुन्छ ।

३. बर्थ नम्बर ३ हुनेको भाग्य ३२ बर्षदेखि सुरु हुन्छ ।

४. बर्थ नम्बर ४ हुनेको भाग्य ३६ वा ४२ बर्षदेखि सुरु हुन्छ ।

५. बर्थ नम्बर ५ हुनेको भाग्य ३२ औं बर्ष निकै राम्रो मानिन्छ । यहि बर्षदेखि उसको भाग्यमा सकारात्मक प्रभाव पर्न सुरु हुन्छ ।

६. बर्थ नम्बर ६ हुनेको भाग्य २५ बर्षदेखि सुरु हुन्छ ।

७. बर्थ नम्बर ७ हुनेको भाग्य ३८ वा ४४ बर्षदेखि सुरु हुन्छ । यो बर्षदेखि उनीहरूको सुखका दिन सुरु हुन्छन् ।

८. बर्थ नम्बर ८ हुनेको भाग्य ३६ वा ४२ बर्षदेखि सुरु हुन्छ । यहि बर्षदेखि धन सम्पतिको पनि राम्रो जगेर्ना हुन्छ ।

९. बर्थ नम्बर ९ हुनेको भाग्य २८ बर्षदेखि खुल्छ । नाम र दाममा सफलता पनि यही बर्षदेखि मिल्छ ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं