काठमाडौ मेडिकल कलेज (केएमसी) अस्पतालमा चम्ल्याहा शिशुको जन्म भएको छ। बुधबार बिहान धनगढीकी २७ वर्षीया खगित्रा शाहीले एकैपटक चार शिशुलाई जन्म दिएकी हुन्।
उनको ३३ हप्ता ३ दिनपछि अपरेसन गरी बच्चा जन्मेको केएमसी अस्पतालले जनाएको छ। जन्मेका शिशुमा तीन छोरा र एक छोरी छन्।
जन्मने शिशुहरुकाे तौल एक किलो ,एक किलो ५ ग्राम, एक किलो ६ ग्राम र एक किलो ७ ग्राम रहेको छ। एक शिशुबाहेक आमा र अन्य शिशुको अवस्था सामान्य रहेकाे अस्पतालले जनाएकाे छ।
शाही एक हप्ता अघि अस्पताल भर्ना भएकी थिइन्। चम्ल्याहा शिशुको जन्म विरलै हुने गर्दछ । ती शिशुलाई केही साता विशेष निगरानीमा राखी स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने जनाइएको छ ।




