‘वैदेशिक रोजगारको समस्या समाधान छौं’ईश्वर पोखरेल

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले वैदेशिक रोजगारको क्षेत्रमा देखिएका सबै समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

उपप्रधानमन्त्री पोखरेलले वैदेशिक रोजगारको क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्ने कामको नेतृत्व आफूले गर्ने दावी समेत गरे । मंगलबार काठमाडौंमा आयोजित नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २७ औं वार्षिक साधारणसभामा उनले वैदेशिक रोजगारको क्षेत्रमा देखिएका सबै समस्याहरुलाई स्वागत गर्दै समाधान गर्न सरकार लागिपर्ने प्रतिवद्धता जनाएका छन् । त्यसका लागि व्यवसायीहरुले समाधानको उपायसहित समस्या लिएर सरकारसँग आउनुपर्ने उपप्रधानमन्त्री पोखरेलको भनाइ छ ।

उनले समस्याहरु समाधानको उपायसहित लिएर सरकार कहाँ आउन वैदेशिक रोजगार व्यवसायीहरुलाई आग्रह गर्दै वैदेशिक रोजगार व्यवसायीको मनमा केही चोट परेको भए त्यसमा मलम लगाउने प्रतिबद्धता ब्याक्त गरेका छन्।