राष्ट्रिय परीक्षा बोर्डले आज मंगलबार कक्षा ११ नतिजा प्रकाशित गरेको छ । बोर्डले अघिल्लो वर्षभन्दा यसपालि नतिजा छिटो प्रकाशित गरेको हो ।
परीक्षा गत वैशाख २९ गतेदेखि जेठ ९ गतेसम्म सञ्चालभएको थियो । देशभरबाट पाँच लाख नौ हजार परीक्षार्थी सहभागी थिए । यसअघि कक्षा १२ को परीक्षा पनि अघिल्लो वर्षभन्दा छिटो प्रकाशित भएको थियो ।
बोर्डका अनुसार परीक्षाफल बोर्डको वेबसाइट, नेपाल टेकिलकमको वेबसाइटलगायतबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ । त्यस्तै, एसएमस र आइभीआर सर्भिसबाट पनि नतिजाबारे जानकारी लिन सकिने छ ।






