प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग ‘शक्तिको दम्भ’ नरहेको बताएका छन् । ‘शक्तिशाली हुँदै गएपछि मुलुकहरुमा शक्तिको दम्भ हुन्छ तर चीन शक्तिशाली भएपनि थिचो मिचो नगर्ने, शान्ति, मित्रताका साथ अघि बढेको भनेका छन्।
नेकपा र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)बीच सोमबार काठमाडौँमा सुरु ‘विचारधारात्मक छलफल’को उद्घाटनमा ओलीसहित नेकपा नेताहरुले ‘सी चिनफिङ विचारधारा’लाई विकास, समृद्धि र शान्तिपूर्ण अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्ने नयाँ अवधारणाका रुपमा व्याख्या गरेका छन् । अधिकांश समय सी विचारधाराको प्रशसा गर्दै यही अवधारणाको सेरोफेरोमा नेपालले पनि चीनसँग विकास साझेदारी अगाडि बढाउन चाहेको बताएका छन्. ।






