ताजा समाचार

असाेज ६ गते २०७६

परपुरुषसँग सम्बन्ध राखेको भन्दै श्रीमतीको योनीमा घोँचो कोचेर हत्या

उदयपुरगढी गाउँपालिकामा एक पुरुषले श्रीमतीको यौनांगमा घोँचो घुसारेर हत्या गरेका छन् । वडा नम्बर ५ मौवासीका ४५ वर्षीय रमेश राईले श्रीमतीको हत्या गरेका हुन् ।


राईले ‘परपुरुषसँग सम्बन्ध राखेको’ भन्दै श्रीमती ३४ वर्षीया सुभन्द्रा बुढाथोकीको गुप्ताङ्गमा घोँचो घुसारेको प्रहरीले जनाएको छ । यौनांगमा घोँचो घुसारे लगत्तै सुभन्द्राको मृत्यु भएको हो ।राईका दुईवटी श्रीमतिमध्ये मृतक सुभद्रा कान्छी श्रीमति हुन् ।

श्रीमतीको हत्यापछि राईलाई इलाका प्रहरी कार्यालय कटारीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालेको छ । आफू काममा गएर आउँदा श्रीमतिले परपुरुषसँग अनैतिक सम्बन्ध राखेको आरोपमा विवाद हुँदा श्रीमतीको यौनांगमा घोचा घुसारेको राईले बयानका क्रममा बताएका छन् ।


Loading...