नाम कम्युनिस्ट भएपनि काम त्यसअनुसारको छैन : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिस्टहरु स्खलित हुँदै गएको बताएका छन् ।खुला राजनीति र शासनसत्तामा पुगेसँगै आदर्श, विचार र निष्ठाबाट विस्तारै थाहा नै नपाई स्खलित हुन पुगेको र नाम कम्युनिस्ट पार्टी नै रहेपनि व्यवहार त्यसअनुसारको नभएको बताएका छन्।

स्वर्गीय साहाना प्रधानको पाँचौ समृति सभालाई सोमबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले निरंकुश तानाशाही राणाशासनविरुद्ध जीवनभर लडेकी नेतृ साहाना प्रधानलाई स्मरण र सम्मान गर्दै सवैले गम्भीर भएर सोच्नुपर्ने बेला आएको बताए ।

उनले कम्युनिस्ट भनेको गरिव, पीडित न्यायका निम्ती भन्ने जनताले बुझेपनि अहिले कम्युनिस्टहरुको स्वभाव र आचरणमा अरुभन्दा फरक नभएको बताए । जनवादी क्रान्तिका निम्ति गर्नुपर्ने निष्ठा र त्याग गरिएपनि समाजवादी क्रान्ति गर्न आवाश्यक पर्ने विचारको स्पष्टता आयो त ? भन्दै प्रश्न समेत गरेका छन् ।

‘उनले नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर समाजवादतिरको यात्रामा जाँदै गर्दा विचार, राजनीति, रणनीति र संगठनात्मक जीवनको आचारणबारे आफुहरुमा प्रस्ट गनुपर्ने चुनौती रहेको बताएका छन्।