ताजा समाचार

असाेज ५ गते २०७६

दाइलाई खुकुरीले छप्काएर भाइले गरे आत्महत्या

इलामको सन्दकपुर गाउँपालिका–१ माइपोखरी बन्दुकेका एक ब्यक्तिले दाजुलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएर आफूले भने आत्महत्या गरेका छन् ।

६४ वर्षका विष्णु राईलाई खुकुरी प्रहारी प्रहार गरेर भाइ ४५ वर्षका बुद्ध राईले झुण्डिएर आत्महत्या गरेका हुन् । गम्भीर घाइते विष्णुको इलाम अस्पतालमा सामान्य उपचारपछि झापा रेफर गरिएको छ ।

उनलाई खुकुरी प्राहारसँगै अनुहारमा ढुङ्गाले समेत कुच्याएको बताइएको छ । विष्णुले के कारणले दाजुलाई घाइते बनाएर हत्या गरे भन्ने खुलेको छैन । उनीहरुका बीचमा त्यस्तो रिसइबी भएको थाहा नभएको अर्का भाइ चक्रबहादुर राईले जानकारी दिएका छन् । दाजुुलाई घरैमा घाइते बनाएर भाइले आत्महत्या गरेको बताइएको छ ।


Loading...