ताजा समाचार

असाेज ५ गते २०७६

बझाङकाे वडा कार्यालयमा आगजनी

बझाङ जिल्लाको केदास्यु गाँउपालीका वडा नंं. ७ को वडा कार्यालयमा आगजनी भएको छ । सनिवार राती वडा कार्यालयमा अज्ञात समुहले आगजनी गरेको केदास्युँ गाँउपालीकाकी उपाध्यक्ष निसा धामीले बताईन ।

आगलागीबाट वडा कार्यालयमा भएका रजिष्टर, सोफासेट, कम्प्युटर, सोलार सेट, फोटोकपी मेशिनलगायत दराजमा भएका सबै कागजातहरु जलेर नष्ट भएको छ भने झण्डै १५ र२० लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानियका अनुसार नेत्रबिक्रम चन्द्र बिप्लप समुहले आगजनी गरेको आरोप लगाएका छन् ।

वडा कार्यालयमा आगजनी कस्ले गरेको र किन गरेको हो भन्नेवारे अहिले सम्म नखुलेको र घटना स्थलतर्फ रायल प्रहरी चौकीबाट टोली प्ररीचालन गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख गणेस बमले जानकारी दिएका छन् ।


Loading...