संविधान दिवसको अबसरमा प्रगतिशील युवा समूहले कास्कीले आयोजना गरेको रक्तदानमा ५३ युनिट रगत संकलन भएको छ ।
कार्यक्रममा प्रदेशसभा सदस्य राजिब पाहरी, कार्यक्रम संयोजक साजन सुवेदी, पोखरा महानगरपालिका पवक्ता धनबहादुर नेपाली, वडा न २४ अध्यक्ष ओम सुवेदी, वडा न १८ का अध्यक्ष रणबहादुर थापा लगायतले बोलेका थिए ।
कार्यक्रम संयोजक राजन सुवेदीले कसैको जीवन ज्यान जोगाउन रक्तदानको महत्वपूर्ण भूमिका रहेको बताए ।




