नेकपाका नेता तथा पूर्व सांसद् हरि बैरागी दाहालको ६२ वर्षको उमेरमा निधन भएको छ। विकासे अभियन्ताका रूपमा सक्रिय भइ उडाएका बैरागीको हृदयघात भएपछि शुक्रबार बिहान निधन भएको हो ।
उनी २०५१ सालमा संखुवासभाबाट तत्कालीन नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए। उनको पार्थिव शरिरलाई श्रद्धाञ्जलीको लागि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राखिने र शुक्रबार दिउँसो नै पशुपति आर्यघाटमा अत्येष्टि गरिने परिवारले जनाएको छ ।






