नेत्रविक्रम चन्द विप्लव समूहले गए राति कमलबजार नगरपालिकामा बम विस्फोट गराएको छ । राति पौने १ बजे नगरपालिका कार्यालयमा सो समूहले प्रेसरकुकुर बम विस्फोट गराएको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिएका छन् ।
विस्फोटबाट नगरपालिका कार्यालयको ढोका नजीक खाल्डो परेको छ । तार जोडेर करीब १०० मिटर टाढाबाट बम विस्फोट गराइएकोले ठूलो क्षति नभएको हो । प्रहरीले विस्फोट गराउने समूहको खोजी गरिरहेको छ । यसअघि भदौ २९ गते रामारोशन गाउँपालिका अध्यक्ष झङ्कर साउदलाई लक्ष्य गरी उनकै निवासमै अज्ञात समूहले गोली प्रहार गरेको थियो । नगरपालिका कार्यालयमै बम विस्फोट भए पछि कर्मचारी त्रसित बनेका छन् ।






