प्रदेश २ मा संविधान दिवस बहिष्कार

आज संविधान दिवस देशभर विभिन्न कार्यक्रम गरी भव्यरुपमा मनाईरहेको छ । सरकारले संविधान दिवसको दिन सार्वजनिक बिदा दिई घर घरमा दिपावली गर्न भनिरहँदा प्रदेश २ सरकारले भने संविधान दिवस नमनाउँने भएको छ । सत्तारुढ समाजवादी पार्टीले संविधान दिवस नमनाउने निर्णय गरेपछि प्रदेश सरकार पछि हटेको हो।

प्रदेश २ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले संविधान दिवस ३ दिनसम्म भव्य रुपमा मनाउने सूचना नै जारी गरेको भए पनि बिहिबार पहिलो कार्यक्रम जनकपुरको जिरोमाइलदेखि बसपार्कसम्म सरसफाइ तथा डेंगु नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रममा प्रदेशका मन्त्रीहरु नै सहभागी भएनन् ।

यता समाजवादी पार्टी नेपालले संविधान दिवस नमाउँने र कालो दिवसको रुपमा पनि नमान्ने नीति लिएपछि मुख्यन्त्री लालबाबु राउत पनि अल्पमतमा परेका छन् । प्रदेश २ को सत्तारुढ दल राजपाले भने विरोध जनाएको छ। स्थानीय तहको सरकार प्रमुख र प्रदेशकै मन्त्री तथा सांसद भएका राजपाले बिरोध जनाएको हो । संविधान दिवसकै दिन मधेसका नागरिकहरु मारिएको कारण आफुहरुले संविधानको बिरोध गरेको प्रदेशका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलको भनाई छ ।