पत्रकार महासंघ मुस्ताङ अध्यक्ष थकाली सम्मानित

नेपाल पत्रकार महासंघ मुस्ताङ अध्यक्ष एसके आस्था थकाली सम्मानित भएका छन् । पोखराबाट प्रकाशित समाधान दैनिकले बुधबार आयोजित १८ औं वार्षिकोत्सवमा थकालीलाई सम्मान गरेको हो ।

हिमालपारीको जिल्ला मुस्ताङका विकास, निर्माण र जनसरोकारका विषयमा उनले निरन्तर कलम चलाउँदै आएाक छन् । ५ वर्षदेखि पत्रकारितामा क्रियाशील थकाली समाधान दैनिक र अन्नपूर्ण पोस्टमा आवद्ध छन् । उनले यसअघि आदर्श समाज दैनिक, इमेल टेलिभिजन र राजधानी दैनिकमा काम गरिसकेका छन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, समाधान मिडिया प्रालिका अध्यक्ष उमानाथ बराल लगायतले उनलाई सम्मान गरेका हुन् ।

सोही समारोहमा पत्रकारहरु विकास रोकामगर र अर्जुन काफ्ले, मेसिन अपरेटर विष्णु घिमिरे र लेखापाल महेन्द्रशरण लामिछाने पनि सम्मानित भएका थिए ।