सहारा क्लवले २१ वर्षपछि बल्ल पायो बधाई

पोखराको सहारा क्लवले स्थापना भएको २१ वर्षपछि पहिलो पटक बधाई पाएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले सहारा क्लब पोखराको ११ औं अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष केशवबहादुर थापासहितको टोलीलाई बल्ल पहिलो पटक बधाई ज्ञापन गरेको हो ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङको अगुवाईमा समितिले सहाराका नयाँ नेतृत्वसहितको टिमलाई बुधबार जिल्ला खेलकुद विकास समितिको सभाहल (पोखरा रंगशाला) मा नयाँ कार्यसमितिलाई स्वागत गर्यो । उक्त अवसरमा बधाई ज्ञापन गरिएको पश्चिमाञ्चल क्षेत्रीय समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताए ।

राखेपका सदस्य राजेशकुमार गुरुङ, पश्चिमाञ्चल क्षेत्रीय समितिका कार्यालय प्रमुख लक्ष्मण योगी, समितिका निर्देशक विद्या मर्सानी लगायतकोे टोलीले क्लवका अध्यक्षसहितको टोलीलाई माला लगाएर २ वर्षीय कार्यकालको सफलताको कामना गर्दै बधाई ज्ञापन गरेका हुन् ।

क्षेत्रीय समितिका निर्देशक विद्या मर्सानीले सहारा क्लवको टोलीलाई पहिलो पटक रंगशालामा बधाई ज्ञापन गरिएको बताए ।

क्लवका संस्थापक अध्यक्ष बसन्त थकालीले सहारा क्लवको २१ वर्षको इतिहासमा पहिलो पटक समितिले क्लवलाई स्वागत तथा बधाई ज्ञापन गर्ने परिपाटीको संस्कार विकास गरेकोमा खुशी ब्यक्त गर्दै यसलाई निरन्तरता दिन आग्रह गरे ।

क्लवका पूर्वअध्यक्ष विक्रम थकालीले खेलकुदको सर्वोच्च निकाय राखेप, जिल्ला र क्षेत्रीय खेलकुद विकास समितिलाई अभिभावकत्वको रुपमा आफूहरूले मान्दै आएको अवस्थामा यसपाली क्लवलाई बधाई ज्ञापन गरेसंगै दोहोरो माया हुने विश्वास व्यक्त गरे ।

सहारा क्लवले हरेक वर्ष वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै नविकरण समेत गर्दै आएको उनले जनाए ।

क्लवका अध्यक्ष केशवहादुर थापाले आउँदै गरेको साग अन्तर्गत कुनै पनि जिम्मेवार बहन गर्न क्लव तयार रहेको बताए ।

उनले भने, ‘हामी फुटवल खेलसंग बढी नजिक छौं, सकभर फुटवल खेल सम्बन्धी कुनै प्रकारको जिम्मा दिएमा त्यसलाई हामीले सफलतापूर्वक जिम्मेवारी वहन गर्न तयार छौं ।

राखेप सदस्य गुरुङले फुटवल र सामाजिक कार्यमा अघि बढेको क्लवको नयाँ पदाधिकारीलाई थप हौसला प्रदान गर्न समितिमा बधाई ज्ञापन कार्यक्रमको शुरुवात गरिएको बताए ।

दुबै समितिको पदाधिकारी रिक्त भएको अवस्थामा उनले आगामी दिनमा आउने समितिले राम्रो काम गर्ने कुनै पनि संघ संस्थालाई समन्वय गरी अघि बढ्न सुझाव दिए ।

पोखरामा हुने १३ औं सागमा सहारा एकेडेमीको मैदान प्रशिक्षणका लागि प्रयोग गर्न सकिने उनले जनाए ।

एकेडेमीको फुटवल मैदान थप बिस्तार गर्न सेती नदी किनाराबाट २० मिटर आवश्यक भएकोले त्यसका लागि आफ्नो तर्फबाट पहल गर्ने जनाए ।

यसैबीच, पोखरामा निर्माण हँुदै गरेको पोखरा फुटवल स्टुडिएमको राखेप सदस्य गुरुङ, क्लवका पदाधिकारी सहितको टोलीले अवलोकन समेत गरेको थियो ।