१७१ मेलमिलापकर्ता, सबै वडामा मेलमिलाप केन्द्र खोलिने

पोखरा महानगरपालिकाले मेलमिलाप कर्ता अध्याबधिक गरी सुचिकृत गरेको छ । नेपालको संविधान र स्थानीय तह संचालन ऐनको क्षेत्राधिकारभित्र रही न्यायिक समितिमा आउने विवाद मेलमिलाप द्वारा निरुपणका गर्ने गरिएको छ ।

भदौ १५ गते बसेको बैठकले गत वर्ष सुचिकृतमध्ये ८५ जनालाई अध्याबधिक गरेको न्यायिक समिति सदस्य किशोर बरालले जानकारी दिए । महानगरपालिकाले मेलमिलापकर्ताको तालिम प्रदान गरेका मेलमिलापकर्ताहलाई नियमानुसार सूचीकृत हुनका लागि निबेदन आव्हान गरेको थियो ।

यसअघि १ वडामा ३ मेलमिलापकर्ता रहेकोमा ५ जना पु¥याउने गरी तालिम सञ्चालन भइरहेको छ
प्राप्त ७७ निवेदक र पहिले नै तालिम प्राप्त गरी समुदायमा काम गरिरहेका ९ जना गरी ८६ जना मेलमिलापकर्ता सूचिकृत गरिएको हो ।

अब पोखरा महानगरपालिकामा मेलमिलापकर्ताको संख्या १७१ पुगेको छ । अब मेलमिलाप केन्द्र खोल्न बाँकी २२ वटा वडामा मेलमिलाप केन्द्र खोल्ने तयारी छ । महानगरका ३३ वडामध्ये १३ वडामा केन्द्र खोलिसकिएको छ ।

उपमेयर मञ्जुदेवी गुरुङको संयोजकत्वम रहेको न्यायिक समिति सदस्यमा किशोर बराल र पार्वती कार्की सदस्य छन् ।