सहारा क्लब पोखरामा केशवकै निरन्तरता

सहारा क्लब पोखराको सोमबार भएको २१ औं साधारण सभा तथा ११ औं अधिवेशनले नयाँ समिति चुनेको छ । अधिवेशनले अध्यक्षमा केशबबहादुर थापालाई निरन्तरता दिएको हो ।

थापाको अध्यक्षमा ३ वर्षे कार्यकालका लागि निर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा पुनः हरिराम गुरुङ, उपाध्यक्षमा विश्वराज बराल, महासचिवमा रामजीप्रसाद अधिकारी, सचिवमा सुनिल राना मगर, कोषाध्यक्षमा पुनः राजु लालचन र सहकोषाध्यक्षमा विनु रानामगर छन् ।

क्लबका सदस्यमा रोजिना गुरुङ, तिलकबहादुर अधिकारी, ज्योति केसी, सन्दीप सुवेदी, गंगाराज पौडेल र बिष्णु कार्की छन् ।