ताजा समाचार

भाद्र ३० गते २०७६

ज्ञानेन्द्र शाही हिरासतमुक्त !

प्रहरीले ज्ञानेन्द्र शाहीलाई हिरासतमुक्त गरेको छ। महानगरीय प्रहरी परिसर ललितपुरले शाहीलाई अभद्र व्यवहार गरेको कसुरमा मुद्दा चलाउने तयारी गरेको थियो।

तर, प्रहरीले ‘एक पटकलाई माफी दिइएको’ छोडेको बताएको छ। ‘उहाँलाई सम्झाइबुझाइ गर्‍यौं, आइन्दा कुनै पनि कार्यक्रम गर्दा झगडा नगर्नुस् भन्यौं,’ ललितपुर परिसर प्रमुख टेकबहादुर राईले भने, ‘गल्ती सच्याउँछु भनी उहाँले प्रतिबद्धता गरेपछि एकपटकलाई छोडिदिएका हौं।’

शाहीलाई आइतबार ललितपुर परिसरले पुल्चोकबाट नियन्त्रणमा लिएको थियो। पत्रकार सम्मेलनमा झडपको स्थिति भएपछि उनलाई सुरक्षाका लागि नियन्त्रणमा लिएको प्रहरीले बताएको थियो।

तर, शाहीलाई प्रहरीमाथि नै अभद्र व्यवहार गरेको कसूर आकर्षित गरेर मुद्दा चलाउने तयारी गरिएको थियो।

शनिबार नेपालगन्ज विमानस्थलमा पर्यटन मन्त्री योगेश भट्टराईले जहाज कुराएको भन्दै शाहीसहितका व्यक्तिले उनलाई विमानस्थलमा घेरेका थिए।

सोही विषयमा आइतबार शाहीले पुल्चोकमा पत्रकार सम्मेलन राख्दा घम्साघम्सी भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।


Loading...