ताजा समाचार

भाद्र ३० गते २०७६

मुख्यमन्त्री गुरुङद्धारा सहारा एकेडेमीलाई ३० लाख सहयोगको घोषणा

गण्डकी प्रदेश सरकारले पोखराको दोविल्लास्थित सहारा एकेडेमीका लागि ३० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

सहारा क्लबको ११ औं अधिवेशन उदघाटन गर्दै मुख्यमन्त्री गुरुङले उक्त सहयोग गर्ने घोषणा गरेका हुन् ।

‘हिमालयन आँखा अस्पताललाई ५० लाख, एसओएस बालग्रामलाई १ करोड सहयोग गरिएको छ । सहारा एकेडेमी पोखरामा रहेका २४ जना जुनियर खेलाडीको सहयोगार्थ लाग्ने वार्षिक खर्च २० देखि ३० लाख खर्च प्रदेशले व्यहोर्छ’ मुख्यमन्त्री गुरुङले भने ।

साथै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीतिक हस्तक्षेपबाट मुक्त संघसंस्थामा राम्रो काम भैरहेको बताए ।

नेपालमा राजनीतिक भागवण्डाकै कारण धेरै संस्थामा अस्थिरता देखिएको भन्दै मुख्यमन्त्री गुरुङले राजनीतिक हस्पक्षेप मुक्त संस्थाले तुलानात्मक रुपमा राम्रो भएको आफूले पाएको बताए ।

हिमालयन आँखा अस्पताल पोखरा, एसओएस बालग्राम पोखरा र सहारा क्लब पोखरा राम्रो काम गर्ने संस्था भएको उदाहरण दिए ।

‘यी संस्थाले सरकारबाट हालसम्म अनुदान पाएका छैनन् तर विभिन्न क्षेत्रबाट रकम जम्मा गरेर उदाहरणीय काम गरिरहेका छन्’, उनले भने, ‘यस्ता संस्थालाई प्रदेश सरकारले सधैं प्रोत्साहन गर्छ र आवश्यक सहयोग गर्छ ।’

अझै पनि देश निर्वाहमुखी र गुजरामुखी अवास्थामा रहेको दृष्टान्त दिंदै मुख्यमन्त्री गुरुङले सबै मिलेर यस्ता अवास्थालाई माथि उठाउनुपर्ने आवश्यकता औंल्याए ।

मुख्यमन्त्रीले राम्रो काम गर्ने संघसस्थाले प्रदेशले अनुदान दिने योजना प्रदेशको रहेको समेत सुनाए ।

सो अवसरमा साहारा पत्रकारिता पुरुस्कारबाट नागरिक दैनिकका पत्रकार सन्देश श्रेष्ठलाई सम्मान गरिएको छ । पुरुस्कारको राशी २० हजार ५ सय ५५ रुपैयाँ र प्रमाणपत्र छ ।


Loading...